काभ्रेका कुन पालिकालाई कति रकम विनियोजन ?

काठमाडौ/आगामी आर्थिक वर्ष संघीय सरकारबाट स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ जाने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित अनुसार यस्तो अवस्था देखिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकाहरुमा पनि गत वर्ष जस्तै केहि पालिकाहरुमा धेरै र केहिमा कम रकम विनियोजन भएको छ । मन्त्रालयले संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७ सय ५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै, वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने अनुमान गरिएको छ ।
सरकारले राजश्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको छ । सूत्र निर्धारण गर्न भूगोल र जनसंख्यायालाई आधार लिने गरिएको छ ।
वित्तीय समानीकरणबापत स्थानीय तहमा ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ अनुदान वितरण रकममध्ये न्यूनतम अनुदानतर्फ ३० अर्ब ८३ करोड, सूत्रमा आधारित ५४ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ, कार्यसम्पादनमा आधारित ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ रहेको छ । अहिले संघीय सरकारदेखि स्थानीय तहहरूसम्म नयाँ आर्थिक वर्षको बजेटको तयारी गर्दैछन् ।
नयाँ आर्थिक वर्षको बजेटमा लागि आफू अन्तर्गतका निकायलाई सिलिङ निर्धारण गर्ने गरिएकोमा सोही अनुसार स्थानीय तहमा भने अनुमानित विवरण सार्वजनिक गरिएको हो । काभ्रेका १३ वटा पालिकाले कति रकम प्राप्त गरे ? तालिकामा प्रस्तुत गरिएको छ ।
