कुन्तावेसीको नव प्रतिभा स्कूल,एकपछि अर्को गर्दै जन जनको रोजाइमा

दिपिका ढकाल/शिक्षक
वि.सं. २०४९ सालबाट चण्डेनी मण्डनको जोगिटार, कटहरेचौरमा संचालन प्रारम्भ भई २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्दै विधिवत् संचालन हुँदै आएको विद्यालयले शैक्षिक सत्र २०८० सम्म प्रारम्भिक स्थापना स्थलबाट शिक्षण सेवा प्रदान गर्दै आएको थियो । त्यसरी हेर्दा संचालन सन्दर्भ र स्थापना समयको हिसाबले ‘नव प्रतिभा’ मण्डनदेउपुरकै सबैभन्दा पूरानो र लामो इतिहास भएको विद्यालय हो ।

तत्कालिन समयमा खास गरी ग्रामिण भेग र सिमान्तकृत माझी समुदायका बालबालिकालाई अंग्रेजी माध्यको शिक्षामा पहूँच दिलाउने हिसाबले नेपाली साहित्य क्षेत्रका चर्चित कथाकार एवं उपन्याशकार रमेश विकल, स्थानीय शिक्षासेवी दामोदर नेपाल, आत्मेश्वर चालिसे, जनार्दन पराजुली, महेन्द्र चालिसेले लगायतले संचालन गर्दै आएको विद्यालय वि.सं. २०७२ सालसम्म निरन्तर संचालन हुँदै आएकोमा ७२ सालको विनाशकारी भूकम्पपछि भौतिक संरचना अभावले भण्डै ३ साल स्थगन हुन पुगेको थियो । वि.सं. २०७७ देखि २०८० सम्म नयाँ व्यवस्थापन सहित मण्डनदेउपुर–७, कुन्तावेसीका स्थानीय सामाजिक तथा शिक्षाप्रेमी व्यक्ति होमप्रसाद चौंलागाँईंले उक्त विद्यालय संचालनको नेतृत्व गर्दै आएका हुन् ।

मण्डनदेउपुरको वडा नं. १० मा संचालित उक्त विद्यालय सेवा क्षेत्रको हिसाबले असाध्यै साँघूरो ठाउँमा रहेको महसुश भैरहेको सन्दर्भमा शैक्षिक सत्र २०८१ बाट मण्डनदेउपुर नगरपािलकाको बजार क्षेत्र कुन्तावेसीबाट संचालन प्रारम्भ गरेको हो । विद्यालय मण्डनदेउपुर नगरपालिका वडा नं. १० बाट वडा नं. ७ मा वडा स्थानान्तरण भएसंगै विद्यालय सेवा क्षेत्रको हिसाबले बजार प्रवेश भएकोे छ ।

शैक्षिक सत्र २०८१ मा नसंरी, एल्.के.जी. र यू.के.जी हुँदै कक्षा ६ सम्म संचालित नव प्रतिभाले यस पटक कक्षा ८ सम्मको संचालन गर्ने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई संस्थागत र सामुदायिक भनेर बर्गिकरण गर्ने गरिएको वर्तमान सन्दर्भमा नव प्रतिभाले कुन्तावेसीबाट सर्वसुलभ शुल्कमा सामुदायिक शिक्षण सेवा प्रदान गर्न थालेको हो । शै.स. २०८१ मा आधारभूत तहको कक्षा ८ सम्म संचालन गर्दै २०८४ भित्र माध्यमिक तह संचालन गर्ने गरी अगाडी वढ्ने लक्ष्य लिएको विद्यालयका संचालक होमप्रसाद चौंलागाँईंले बताएका छन् ।

विद्यालयको व्यवस्थापकीय तथा प्रशासकीय पाटो:
नव प्रतिभाको व्यवस्थापन सहज ढंगको देखिन्छ । एकल संस्थाकको हिसाबले कुनै प्रकारको विवाद र झंझट विना विद्यालय संचालन हुनु यसको सकारात्मक पाटो हो । संस्थापन र व्यवस्थापन मात्र नभई विद्यालयको नेतृत्वपनि नव प्रतिभाको अब्बल देखिन्छ । शैक्षिक हिसाबले विद्यालयका संस्थापक प्रिन्सिपल आफैंमा मण्डन क्षेत्रका प्रखर ब्यक्तित्व रहेको देखिन्छ । उनी सोसल साइन्स् अन्तर्गत राजनीति शास्त्रमा एम्फिल सकेर पी.एच्.डी गरिरहेका छन् भने त्यसको अलावा शैक्षिक योग्यताको हिसाबले नेपाली साहित्य, सार्वजनिक प्रशासन र राजनीति शास्त्र गरी ३ विषयमा मास्टर डिग्री गरेका शैक्षिक ब्यक्ति हुन् । त्यसको अलावा कानूननमा स्नातक गरेका उनि लेखन, साहित्य र पत्रकारितामा समेत अब्बल रहँदै आएका छन् ।

शिक्षक कर्मचारी व्यवस्थापनको सन्दर्भ
नव प्रतिभा शिक्षक कर्मचारी ब्यवस्थापनको हिसाबले मण्डनदेउपुर भेगको संस्गथागत विद्यालयहरुमा अब्बल देखिएको छ । विषयगत र अनुभवी शिक्षक कर्मचारीमा ध्यान दिनु यसको प्रमुख उद्देश्य रहेको देख्न सकिन्छ । २० औं वर्षदेखि विभिन्न विद्यालयमा अध्यापन गरेका शिक्षक कर्मचारी यस विद्यालयको प्रमुख गहना हो । महेन्द्र नेपाल, नेत्रप्रसाद ढकाल लगायतका पूराना र अनुभवी १ दर्जन शिक्षक कर्र्मचारीले यस विद्यालयमा अध्यापन गराइरहनु यसको अर्को महत्वपूर्ण सन्दर्भ बनेको छ ।

ऐतिहासिक सन्दर्भ:
नव प्रतिभा मण्डनदेउपुर भेगकै सबैभन्दा पूरानो संस्थागत विद्यालय हो । रमेश बिकल, केदार नेपाल, दामोदर नेपाल, हरिप्रसाद नेपाल, महेन्द्र नेपाल, दिपक सापकोटा, मदन नेपाल, आत्मेश्वर चालिसे, जनार्दन पराजुली र महेन्द्र चालिसे लगायतका २ दर्जनभन्दा वढि महत्वपूर्ण ब्यक्तिहरुले यस विद्यालयको शिक्षण तथा ब्यवस्थापनमा जोडिएको इतिहास निकै गर्विलो रहेको छ । त्यतिमात्र नभएर यस विद्यालयमा थुप्रै विद्यार्थीहरुले अध्ययन गरेर विज्ञता समेत हासिल गरेको इतिहास छ । वाचनको क्षेत्रमा विश्वविख्यात बनिरहेकी देवि प्रतिभा यो विद्यालयको पूर्व विद्यार्थी हुन् । यस्तो संख्या सयौंभन्दा वढी रहेको छ ।

विद्यालयको वातावरणीय सन्दर्भ:
नव प्रतिभा मण्डनदेउपुर नगरपालिकाको मुख्य बजार कुन्तावेसी चोकबाट १२० मिटरको मात्र दूरीमा रहेको छ । कुन्तावेसी चोकबाट प्रतिक्षालय र त्यहाँको पूरानो सिग्देलको पँधेरो हुँदै २÷३ मिनेटमै पुग्न सकिन्छ । कुन्तावेसी आफैंमा गर्मी ठाउँ भएपनि नव प्रतिभाको वातावरणीय अवस्था निकै रमणीय छ । केहि हाइटमा वन क्षेत्र र हरियाली वातावरणमा रहेकोले यहाँको वातावरण निकै रमणीय र शितल रहेको छ । अर्को हिसाबले विद्यालयको कक्षा कोठा जस्ता र टहरालेश रहेको छ । कुनैपनि कक्षाकोठामा टिन तथा जस्तापाताको प्रयोग गरिएको छैन । त्यस हिसाबले विद्यालयको वातावरण शान्त, शितल र सुन्दर समेत रहेको छ ।

पठनपाठनको अतिरिक्त बिभिन्न क्रियाकलाप:
नव प्रतिभा केबल पठनपाठनमा मात्र सिमित छैन । यसले प्रत्येक शुक्रबार १ बजेपछि प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापहरुको समेत आयोजना गर्दै आएको छ । विद्यार्थीहरुलाई प्रतिस्पर्धामा उतार्नु विद्यालयको सबल पक्ष हो ।

अपनत्व सहितको स्थानीय पाठ्यक्रम प्रतिको अभिरुची:
नव प्रतिभाले आफ्ना विद्यार्थीहरुलाई सामाजिक शिक्षा अन्तर्गत स्थानीय पाठ्यक्रममा समेत अभिरुची जगाउँदै आएको छ । बिभिन्न भिडियो सन्देश जारी गर्दै आफ्नो नगरपालिका र विद्यालयहरुको बिभिन्न सन्दर्भहरुको उजागर गर्न यस विद्यालय सफल हुँदै आएको छ ।

विद्यालयको सेवा क्षेत्र र यातायात सुविधा:
नव प्रतिभाले आफ्नो सेवा क्षेत्रलाई विस्तारै विस्तार गरिरहेको छ । २ ओटा स्कूल बसको ब्यवस्था गर्दै देउपुर, हल्देटार जोगिटार, सालठाँटी अँपखोला पौवाटार, नयाँगाउँ, नौबिसे, धाइटार कुन्तावेसी लगायतको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । आगामी वर्ष यसलाई अझ फराकिलो बनाइने छ ।

कार्यक्रम र आतिथ्यता:
नव प्रतिभाले शैक्षिक सत्र २०८१ भित्र थुप्रै कार्यक्रमहरुको आयोजना गरेको छ । सरस्वती पुजा तथा विद्यालयको प्री–भवनको शिलन्याश समारोहमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाको गरिमामय उपस्थिति रहेको थियो । वडा शिक्षा समितिका प्रमुख तथा वडा अध्यक्ष सहित प्याब्शन तथा भिसोका अध्यक्ष र सचिवको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमहरुको आयोजना भएकाछन् ।

विद्यालयको परीक्षाफल प्रकाशन तथा नयाँ भर्ना कार्यक्रम:
नव प्रतिभाले यस शैक्षिक सत्रको परीक्षाफल प्रकाशन यहि २९ गते गर्दै छ । भर्ना गर्न आइरहेको विद्यार्थीहरुको भर्ना लिइरहेको विद्यालयले २९ गतेबाटै नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना अभियानको प्रारम्भ गर्ने छ । (लेखकः विद्यालयको शिक्षक तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख हुन्)