मण्डनदेउपुर ११ मा रहेको जेष्ठ नागरिक प्रतिष्ठानको दोश्रो साधारण सभा

मण्डनदेउपुर/जेष्ठ नागरिक प्रतिष्ठान मण्डनदेउपुर नगरपालिका ११ काभ्रेको दोश्रो बार्षिक साधारण सभा जेष्ठ सदस्य पुण्यमाता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष चिरञ्जिवी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी आत्माराम पराजुली, पर्शुराम सापकोटा, छन्दप्रसाद सापकोटा, विनोद न्यौपाने, पुर्व वडा अध्यक्ष माधवप्रसाद न्यौपाने लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रममा विभिन्न सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी योजनाका बारेमा प्रस्तुत गरिएका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक प्रतिष्ठानका कोषाध्यक्ष भोलानाथ सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आजीवन सदस्यता वितरण १७ जनाबाट ९४ हजार ४ सय ३५ र देउसीभैलाबाट १ लाख ४७ हजार ८ सय १५ रुपैया गरी २ लाख ४२ हजार २ सय ५० रुपैया आम्दानी भएको छ भने १ लाख २२ हजार ९ सय ३५ रुपैया खर्च भएको छ ।