धुलिखेल कांग्रेसमा निरन्तर पहिरोः आज एकै दिन १६ जना एमाले प्रवेश

धुलिखेलमा नेपाली कांग्रेसमा आवद्ध नेता कार्यकर्ता धमाधम पार्टी छोड्न थालेका छन् । आज एकै दिन वडा नम्बर ३ बाट मात्रै नेपाली कांग्रेस हित विभिन्न पार्टी परित्याग गरि १६ जना नेकपा एमालेमा पव्रवेश गरेका छन् ।

दिप गुरुङ सहित नवप्रवेशीलाई नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, एमाले धुलिखेल नगर कमिटी अध्यक्ष विष्णु धिताल, उप–सचिव एवं धुलिखेल वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले स्वागत गरेका छन् । कार्यक्रममा एमाले नेता निरज खड्का, हिरा तामाङ, युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लभ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

पार्टी प्रवेश गर्नेहरुले कांग्रेस विकास निर्माणका काम भन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भएको, आफन्तबाट बाहिर निस्कन नसकेको लगायतका विभिन्न आरोप लगाएक छन् ।

यसअघि युवा नेता, समाजसेवी, २०७४ सालमा नेपाली काँग्रेसबाट उम्मेदवारी भई वडा सदस्यमा विजयी भई निरन्तर जनताको काममा सक्रिय धुलिखेल १२ का प्रविण सापकोटा सहितको समुह नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको थियो । पछिल्लो समय उनै सापकोटाको अगुवाईमा नेपाली काँग्रेसका कृयाशिल सदस्य, प्रदेश सभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्वर १२ का पुर्व वडा सभापति नीरबहादुर तामाङ सहित दर्जनौं नेता कार्यकर्ता काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् ।
