महाभारत गाउँपालिका– १ मा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, प्रथम हुनेलाई ७५ हजार पुरस्कार

महाभारत/महाभारत गाउँपालिका १ नम्वर वडा कार्यालयको आयोजनामा नमुना वडा समाजवादी कार्यक्रम अन्र्तगत २०८२ बैशाख ४ गते देखि ६ गतेसम्म महाभारत गाउँपालिका वडा नम्वर १ को धापमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

२०८२ साल बैशाख ३ गते भित्र इच्छुक खेलाडी, संघ संस्था, क्लव र सम्वन्धीत सबैलाई टिम दर्ताका लागि आब्हान गरिएको अध्यक्ष कान्छामान जिम्बाले बताए । प्रतियोगितामा सहभागि भई विजयी हुने टिमले प्रथम पुरस्कार नगद ७५ हजार सहित कप, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

दोश्रो पुरस्कार नगद ५० हजार, तेश्रो हुने टिमलाई ३० हजार र चौथो हुने टिमलाई नगद १५ हजार सहित कप, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागि टिमले प्रतियोगिता अवधीभर खान र बस्न आफै ब्यवस्थापन गर्नु पर्ने बताईएको छ ।

प्रतियोगितामा सहभागि हुन टिम दर्ताका लागि टिम क्याप्टेन प्रशिक्षक सहित ११ जना खेलाडीको नामावली, सहभागि खेलाडीको नागरिकता वा परिचयपत्र खुल्ने कागजात र टिम दर्ता शुल्क २ हजार रुपैया बुझाउनु पर्नेछ ।