आर्दश विद्या मन्दिरको पुर्व प्राथमिक तहको दोस्रो दिक्षान्त

बनेपा/ आर्दश विद्या मन्दिर स्ुकलका पुर्व प्राथमिक तहमा अध्यनरत ६६ जना बालबालिकाहरुलाई दिक्षित गरिएको छ ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा तथा विद्यालयकी सहायक प्रिन्सिपल ललिता बञ्जाराको सभापतित्वमा सम्पन्न भएको छ । प्रमुख अतिथी खड्काले विद्यालयमा हुने यौनजन्य दुरब्यबहार, र्दुब्यसनी, र कानुनलाई पाठ्यक्रममा नै राखी तल्लो तह देखी नै बालबालिकाहरुलाई सिकाउनु पर्ने बताईन् । प्रहरीले जिल्लाको १३ वटै पालिकामा प्रत्येक विद्यालयमा कानुन, र्दुब्यबहार, यौनर्दुब्यबहार, छुवाछुत विरद्ध लगाएतको पाठ्यक्रम तयारी पारीएको र छिट्टै पालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको बताईन् । सबै बालबालिकाहरुलाई र अभिभावकहरुलाई कानुनका कुरा सिकाउन जरुरी रहेको खड्काको भनाई रहेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जिल्लाकै आई एस ओ प्राप्त गर्ने पहिलो विद्यालय भएको बताए । शिक्षाको मापदण्ड अनुसार गुणस्तरीय शिक्षा प्रदान, भौतिक सुविधा, स्वास्थ्य, खेलकुद लगाएतका सुचकहरु पुरा गर्न सफल भएकाले उक्त उपाधि प्राप्त भएको तिमल्सिनाले बताए । शिक्षामा ४ वटा पार्टहरु मध्ये, पहिलो सेफ्टिी, स्वास्थ्य, कल्चर र शिक्षा सगं जोडेर सर्वाङ्गीण सिकाई हुने भएकाले विद्यालयले दैनिक चार्ट बनाई कक्षा शुरु हुनु भन्दा अगाडी दिन भरीका कार्यहरु के के गर्ने, के के सिक्ने भन्ने तालिका अनुसार अध्यापन गराउदै आएको तिमिल्सनाले बताए ।

विद्यालयमा भौतिक सुविधा सगै खेलकुद, फुटसल, विभिन्न अतिरिक्त क्रियाकलापहरु, संस्कृति भाषा, कविता, बकृत्वकला, हाजिर जवाफ, बाल क्लब मार्फत सामाजिक कार्यहरु गर्दे आएको तिमल्सिनाले बताए । कार्यक्रममा शिक्षाविद डा चन्द्र प्रसाद प्रसाद लुईटेल, नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष भोजराज तिमल्सिना, शिक्षासदन माध्यमिक विद्यालयका प्राधानाध्यापक लक्ष्मण दाहाल, विद्यार्थी सुवानी अधिकारी लगाएतले मन्तब्य राखेका थिए ।