बेलर किड्स क्यास्टल बनेपामा १४ औ दिक्षान्त समारोह

बनेपा/बेलर किड्स क्यास्टल बनेपाले १४ औ दिक्षान्त समारोह तथा अभिभावक दिवस आयोजना गरेको छ । जिल्लाको धेरै विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयका रुपमा चिनिएको बेलर इन्टरनेशनल स्कुलले संचालन गरेको बेलर किड्स क्यास्टलले ५४ जना बालबालिकाहरुलाई दिक्षित गराएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्कालाई विद्यालयले जिल्लाको शान्ति सुरक्षा तथा विपद्का समयमा नागरिकहरुको खोज र उद्धारमा खटिई नमुना कार्य गरेको भन्दै नागरिक अभिनन्दन गरेको थियो ।

विद्यालय प्रिन्सिपल सविना के प्रजापतिले बालबालिकाहरुको सिकाईमा नयाँपन र प्रविधीको भरपुर प्रयोग गरिएको बताईन् । अभिभावकको चाहना, माया र ममतासँगै विद्यालयको वातावरण बालमैत्री बनाउँदै उनिहरुको सिकाईमा अभिबृद्धी गरिएको प्रिन्सिपल प्रजापतिले बताईन् । बालबालिकाहरुको समग्र विकासमा बेलर किड्स क्यास्टल नमुना बनिरहेको उनले बताईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एसपी बसुन्धरा खड्काले बालबालिकाहरुको रेखदेख र सिकाईमा अभिभावक विद्यालय भन्दा धेरै जिम्मेवार हुनु पर्ने बताईन् । संस्कारयुक्त सिकाई, ब्यवहारिक ज्ञान र आत्मविश्वास बढाउन बेलर किड्स क्यास्टलले प्रदान गरिरहेको वातावरण र उत्कृष्ट ब्यवस्थापन महत्वपूर्ण रहेको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षद्धय मोतीराम तिमल्सिना र महेश पौडेल, बेलर इन्टरनेशनल स्कुलका प्रिन्सिपल इन्दु थापा, एकेडेमिक प्रमुख अनुपजंग थापा तथा अन्य विभागिय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षिका सविना दाहाल बजगाईले संचालन गरेकी थिईन् ।