समुन्नत पाठशालाले मनायो सातौं बार्षिकोत्सव र पाँचौं दिक्षान्त समारोह

बनेपा/समुन्नत पाठशाला धुलिखेल ४ ले सातौ बार्षिकोत्सव एवं पाँचौ दिक्षान्त कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष देवकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ विश्वविद्यालयका एशोसिएट डिन प्रा.डा.हेमराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

२९ जना बालबालिकाहरुलाई दिक्षित गराईएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल अनिता आचार्यले बालबालिकाहरुलाई प्रदान गरिरहेको शिक्षा तथा विद्यालयको शैक्षिक वातावरणका बारेमा जानकारी गराएकी थिईन् ।

विद्यालयका अभिभावकहरुले बालबालिकाहरुको शिक्षाका लागि गुणस्तरीय तथा उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा विद्यालयले खेल्ने भूमिका कमी हुन नदिन गरिएको विश्वासलाई विद्यालय परिवारले निरन्तर कायम राख्ने प्रयत्न गरिएको प्रिन्सिपल अनिता आचार्यले बताईन् ।

विद्यार्थीहरुलाई दिक्षित पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी काठमाडौ विश्वविद्यालयका एशोसिएट डिन प्रा.डा.हेमराज काफ्लेले बालबालिकाहरुलाई सानै देखि सिकाईएको मेहनत, सीप, ज्ञान र ब्यवहारले भविश्यसम्म फरक पार्ने भएकाले असल ज्ञान र संस्कार सिकाउन विद्यालयले खेलेको भूमिका महत्वपूर्ण हुने बताए । अभिभावकहरुले समेत बालबालिकाहरुलाई संस्कार र ब्यवहार सिकाउन समय उपलब्ध गराउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, धुलिखेल नगर कमिटी प्याब्सनका अध्यक्ष मिलन आचार्य, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, अभिभावकद्धय सरोज खत्री र शान्ति ढुंगाना लगायतले विद्यालयले प्रदान गरिरहेको योगदानको चर्चा गर्दै सिकाईलाई ब्यवहारीक बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।