सिद्धार्थ वनस्थली इन्ष्टिच्युट पनौतीमा पुर्व प्राथमिक तहका विद्यार्थी दीक्षित

सिद्धार्थ वनस्थली इन्ष्टिच्युटको पुर्व प्राथमिक तहको अभिभावक भेला तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । आज आयोजित दीक्षान्त समारोहमा यु.के.जी. उतिर्ण ३८ जना विद्यार्थी दीक्षित भएका विद्यालयका सूचना अधिकारी एवम् कोर्डिनेटर प्रवीण दाहालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रेश्मा थापाले स्वागत मन्तव्यसँगै विद्यालको समग्र गतिविधि प्रस्तुत गरेकी थिईन् । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले नै सफल हुने र कुनै एक पक्ष कमजोर भयो भने हामिले देखेको सुन्दर पक्ष साकार हुन नसक्ने उनको भनाई थियो ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी कुनै पनी कसर बाँकी नराखी समय सापेक्ष पढाई लेखाई संग संगै ससाना बालबालिकाहरुको प्रस्तुति सहित खुशी साटासाट गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
आगामी दिनमा पनि विद्यार्थी सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक गविधिलाई निरन्तरता दिने थापाले बताईन् ।

२०७५ साल देखी विद्यालयको सञ्चालन क्याप्टेन रामेश्वर थापाले नेतृत्व गरेको र ब्यवस्थापनको अध्यक्षमा शिक्षा सेवी अग्रज केशब थापा रहेको सो विद्यालयमा प्ले–ग्रुप देखी कक्षा १२ सम्म ६ सय भन्दा बढी विद्यार्थीहरुले अध्यापन गरिरहेका छन् ।

कार्यक्रममा शिक्षा सेवी तथा विद्यालयका गुठियार एवम् शिक्षासेवी राम प्रसाद अधिकारी, अन्नपूर्ण मिडिया नेटवर्कका महा–प्रबन्धक मनोज बस्नेत, धितोपत्र बोर्डका का.मु.कार्यकारी निर्देशक रुपेश के.सीको उपस्थिति रहेको थियो ।

पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुले प्रस्तुत गरेको गायन, नृत्य, फेसन सो लगायत अन्य सास्कृतिक कोसेली प्रस्तुति सहित विद्यार्थीहरुले कक्षामा पढेका कुरालाई ब्यबहारमा उतारी पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमकका अतिथि लगायत सभापतिले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो र फुलगुच्छा प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा गुठियार केशब थापाको सभापतित्व रहेको थियो ।