आज सार्वजनिक बिदा

काठमाडौँ / सरकारले आज (आइतबार) देशभर सार्वजनिक बिदा दिएको छ ।

  गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।