जय श्री राम

हे रघुनाथ वैदेही पति कौशल्या नन्दन,
आत्माको रुप हृदयवासी गर्दछु नमन,
अयोध्यापति कुशल राजा धर्मका पालक,
मर्यादा भित्र बसे ती छँदैआफू त बालक,
बशिष्ठ ऋषि उनका गुरु सिकाए सद्गुण,
राक्षस जति विनाश भए रक्षार्थ सज्जन,
सालिन सौम्य गुणको कति गरौँ म बयान,
आदर्श दाजु आदर्श छोरा तिमी झैँ भएन,
आदर्शपति धर्मज्ञ राजा आफूलाई चिनायौ,
पालना गरी शाश्वत धर्म नमुना देखायौ,
जनक सुता प्रियसी अनि ती भाइ लक्ष्मण,
पिताको आज्ञा सिरोपर गर्दै आरण्य भ्रमण,
प्रवृत्ति दैत्य धेरैको तिनले विनाश गरेथे,
लिएर साथ मारुतिजीको भुभार हरे थे,
श्रीशेष रूपी लक्ष्मण भाइ सीताजी साथलि,
रावण नीति समूल नाशे धर्ममा मनदी,
सुन्दर रूप ती मित्रवत बिचार कन्चन,
सत्कर्म गर्न पलाओस् बुद्धि गर्दछु बन्दना,
दिनानुदिन बढ्दैछ फेरि रावण प्रवृत्ति,
मर्यादा यहाँ भएन पालन राममा मनदी,
रामको जस्तै आदर्श बोकी शासक अगाडि,
बढेमा देश उन्नति हुन्थ्यो केपर्थ्यो पछाडि।
श्री राम जन्म भएको दिन छ शुभकामना,
आदर्श व्यक्ति बनुन सबै मर्यादित भावना,
स्मरण गर्छु श्री राम सीता ती भाइ लक्ष्मण,
रामका भक्त अति नै प्रिय मारुति नन्दन।