नेकपा एमाले पनौती नगरपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न

नेकपा एमाले पनौती वडा नम्बर ९ को दोश्रो वडा अधिबेसन एमालेका केन्द्रीय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्य एवं पनौती नगरपालिका उप मेयर गीता बन्जारा, नेकपा एमाले पनौती नगर कमिटि अध्यक्ष सुरेश हुमागाईं, सचिव शिभराम आचार्य, किसान महासंघका
नेकपा एमाले पनौती नगरपालिका वडा नम्बर ९ कमिटिका केन्द्रीय सदस्य बिदुर प्रसाद हुमागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो।
नेकपा एमाले पनौती नगरपालिका वडा नम्बर ९ कमिटिका अध्यक्ष उद्धब थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटि सदस्य राजीव घोरासैनिले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले चुनावमा एमाले पराजय हुँदा विकास निर्माणका काम पछि धकेलिएको भन्दै २०८४ सालमा ९ नम्बर वडामा चुनाव हार्ने छुट नरहेको बताएका छन् ।
अधिवेशनबाट उद्दव थापाको अध्यक्षतामा नयाँ कमिटि चयन भएको छ। उपाध्यक्ष सानोबाबु खत्री, सचिव रामबाबु केसी, सह सचिव भोज कुमारी मल्ल ठकुरी, सह सचिव सुभाष राई सर्वसम्मत निर्वाचित भएका छन्।
