एडुकेयर इन्टरनेशनल बनेपाले मनायो ११ औं बार्षिकोत्सव, जापान जान लागेका ४० विद्यार्थीलाई एकै साथ विदाई

बनेपा/११ वर्ष देखि बनेपामा शैक्षिक परामर्श प्रदान गरिरहेको एडुकेयर इन्टरनेशनल सेन्टर प्रा. लि बनेपाले विद्यार्थीहरुका लागि शुभकामना आदान प्रदान तथा विदाई गरेको छ । शैक्षिक परामर्श संघका महासचिव दिपकराज भुसालको प्रमुख आतिथ्यता तथा प्रा.लिका प्रवन्ध निर्देशक दिनेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई परार्मश प्रदान गरिएको थियो ।

एडुकेयर इन्टरनेशनल सेन्टर प्रालिले जापान जान लागेका ४० जना विद्यार्थीहरुलाई विदाई तथा शुभकाना ब्यक्त गरेको थियो । कार्यक्रममा बोल्दै महासचिव भुसालले विद्यार्थीहरुले जुन मुलुक पुगे पनि भाषामा दक्षताका साथै कानूनलाई पालना गर्दै मानसिक रुपमा सक्षम बन्नु पर्ने बताए ।
मानसिक रुपमा विद्यार्थीहरु सक्षम भए मात्रै त्यहाँ आईपर्ने हरेकखालका चुनौतीहरु सामना गर्न सकिने बताउँदै महासचिव भुषालले शैक्षिक परामर्शमा भविश्यमा आईपर्ने विषयबस्तुका बारेमा समेत जानकारी लिएर जान अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, शैक्षिक परामर्श संघ काभ्रेका अध्यक्ष भुवन रायमाझी, फेक्यानका अध्यक्ष पदम लामा, विद्यार्थीद्धय विक्रम लामा र पेम्बा घलान, एडुकेयर इन्टरनेशनल सेन्टर प्रालिका राम तामाङ लगायतले शैक्षिक परामर्श लिएर जाने विद्यार्थीहरुले आईपर्ने समस्यासँग जुध्न मानसिक रुपमा तयार हुनु पर्ने बताए ।

कार्यक्रममा अध्यक्ष दिनेश लामाले एडुकेयर इन्टरनेशनल सेन्टर प्रालिले ११ वर्षको अवधीमा ७ सय भन्दा धेरै विद्यार्थीहरुलाई जापान र कोरिया अध्ययनका लागि पठाएको बताए । अभिभावक र विद्यार्थीहरुलाई विश्वास सहितको सेवा प्रदान गरिरहँदा यो अवधीमा जापानका लागि ४ सय भन्दा धेरै र कोरियाका लागि २ सय ५० भन्दा धेरै विद्यार्थीहरु अध्ययनका लागि गएको अध्यक्ष लामाले बताए ।
भाषा सिकाउँदै भाषामा दक्ष भए पछि जापान र कोरिया जान सहज हुने बताउँदै लामाले विद्यार्थीहरुलाई जस्तोसुकै परिस्थितिमा पनि संर्घष गरी भविश्य उज्जवल बनाउन अनुरोध गरे ।
