रवि लामिछानेलाई आजै थुनामा पठाउने तयारी

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार काठमाडौँको हात्तीगौंडाबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार भैरहवा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार, अदालतको कार्यालय समय शुरू भएपछि लामिछानेलाई उपस्थित गराइनेछ । अदालतमा पेश गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई आजै थुनामा पठाउने तयारी गरिएको छ ।

लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेको छ । यसअघिको जिल्ला अदालत रूपन्देहीको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।