तोलाको ७ सयले घट्यो सुन

काठमाडौं/ नेपाली बजारमा सुनको भाउ तोलामा ७ सयले घटेको छ। 

साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।