काठमाडौँ महानगरका कर्मचारीले पाए तलब

काठमाडौँ / काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

जनप्रतिनिधि र कर्मचारीले सोमबार आज तीन महिनादेखि रोकिएको तलब पाएका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले सबैको खातामा तलब पुगेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद झ्यालको सिसा फुटाएर प्रवेश गराएका थिए। 

गत बिहीबार महानगरस्थित कार्यकक्षमा जबर्जस्ती प्रवेश गरेका गुरागाईं शुक्रबार भने अवरोधविनै गएका थिए।