कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि आजदेखि शैक्षिक हडतालको घोषणा गरेको शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने सुबेदीले बताएका छन् ।

शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ । यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् ।