दुर्गा प्रसाईंका दाइ राकेश प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेको संख्या ७० पुग्यो

प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ। सोमबार काठमाडौँबाट प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसपी बोहराले बताए ।

यसअघि प्रहरीले दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो।

यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए।