प्रहरी प्रदेश कार्यालयमा स्वास्थ्य शिविर

पनौती/ नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेको आयोजनामा तथा सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

प्रदेश कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको प्रारम्भिक चरणमा नै रोगहरुको पहिचान तथा समयमा नै उपचार सम्भव गराउने उद्धेश्यले स्वास्थ्यको महत्तवलाई ध्यानमा राखी उक्त शिबिरको आयोजना गरिएको बताएको छ । शिबिरमा ७६ जना प्रहरी कर्मचारीहरु स्वास्थ्य परिक्षण गरेका थिए । पोलिक्लिनिकले सामाजिक सेवा अन्र्तगत विभिन्न सघं सस्थाहरुको समन्वयमा शिबिरहरु सञ्चालन गर्दे आएको जनाएको छ ।