बनेपा वडा नम्वर ८ का २५ गृहिणी महिलालाई ब्युटिपार्लर सम्वन्धी आधारभुत तालिम

बनेपा/बनेपा नगरपालिका र बागमती प्रदेश सरकारको सहयोगमा बनेपा नगरपालिकाका १० वटा वडामा १२ वटा सीपमुलक कार्यक्रम सचालन भईरहेका छन् । जस अन्र्तगत वडा नम्वर ८ मा संचालन भएको गृहिणी महिलाहरुका लागि ४५ दिने ब्युटिपार्लर सम्वन्धी आधाभरुत तालिम शुरु गरिएको छ ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले स्थानीय सरकारले नगरबासिहरुका लागि सीपसँगै स्वावलम्वन आत्मनिर्भर र आयआर्जन बृद्धी गर्ने गरी तालिमहरु प्रदान गरिरहेको बताईन् ।
सीप सिक्नुस र ब्यवहारमा कार्यान्वयन गर्ने गरी ब्यवसायीक बन्न अनुरोध गर्दै उपप्रमुख सापकोटाले बनेपा नगरपालिकाले हरेक वडामा फरक फरक खालका मागका आधारमा सीपमुलक तालिमहरु उपलब्ध गराउँदै आएको बताईन् ।

वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले वडामा रहेका महिलाहरुका लागि विभिन्न प्रकारका तालिमहरु उपलब्ध गराउने क्रममा यो वर्ष आधारभुत तहको ब्युटिपार्लर सम्वन्धी तालिमको माग भएकाले सोहि तालिम उपलब्ध गराएको बताईन् । तालिममा सहभागिहरुलाई ध्यानपुर्वक र ब्यवसायीक हुने गरी सिक्न अनुरोध गरिन् ।
मुख्य प्रशिक्षक एवं कट्स एण्ड केयर ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी प्रोपाईटर सुमित्रा बादे श्रेष्ठले आधारभुत तालिममा ब्युटिपार्लर सम्वन्धीका ज्ञानहरु उपलब्ध हुने भएकाले विज्ञ तथा ब्यवसायीक रुपमा कार्य गर्न ब्युटि भित्रका हरेक विद्याको अलग अलग कक्षाहरु लिनु पर्ने बताईन् ।
आधारभुत ज्ञान भई हाल्यो अब सबै कुरा जानियो भन्ने सोच भयो र ब्यवसायीक काममा एकै पटक सहभागि हुँदा आउने चुनौती र समस्याका बारेमा बताउँदै सुमित्रा श्रेष्ठले सिकेका कुरालाई ब्यवहारमा उतार्न सक्ने गरी ध्यान दिन अनुरोध गरिन् । पहिले पहिले पैसा तिरेर पनि सिक्न नपाउने अवस्थामा अहिले स्थानीय र प्रदेश सरकारले यस्ता तालिम घर आँगनमै उपलब्ध गराएकोमा उनले धन्यवाद ब्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले सीप सौन्दर्यका लागि मात्रै नभई ब्यवहारीक र ब्यवसायीक जीवनमा समेत उपयोगी बनाउने गरी लिन अनुरोध गरे ।
बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सपना ओलीले प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत अनुदानमा पाँच वर्षसम्म निरन्तर कार्यक्रम संचालन गर्ने गरी चालु वर्षमा १० वटा वडामा १२ वटा तालिम प्रदान गरिएको बताईन् । ब्युटिसिएन सम्वन्धी दुई वटा, पोते बुन्ने तीन वटा, छालाको जुत्ता बनाउने २ वटा, हाते बुनाई एक वटा, बाँसका सामाग्री बनाउने एक वटा र एडभान्स सिलाई सम्वन्धी २ वटा तालिम संचालन भईरहेको ओलीले बताईन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभािग थिए । वडा नम्वर ८ का २५ जना गृहिणी महिलाहरुले ब्युटिपार्लर सम्वन्धी आधारभुत तालिम लिनेछन् । तालिमको समापन २०८२ जेठ २० गते हुनेछ ।