काठमाडौ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ साईन्स कोठामा विद्यार्थीले लगाए ताला

धुलिखेल/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ साईन्स कोठामा ताला लगाएका छन् । विद्यार्थीहरुका हक अधिकार स्थापित गर्न भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष विशाल गौतमको नेतृत्वमा विद्यार्थीहरुको समुहले तालावन्दी गरेका हुन् । चैत्र २६ गते धुलिखेल नगरपालिका वडा नम्वर ४ मा रहेको विश्वविद्यालयको केन्द्रिय परिसर अन्र्तगतको स्कुल अफ इन्जिनियरिङ साईन्स कोठामा तालाबन्दी गरेका हुन् ।