बिपी राजमार्ग स्थित रोशी ९ मा बस चिप्लिएर दुर्घटना हुँदा ११ जना घाइते

बिपी राजर्मा स्थित रोशी गाउँपालिका ९ दाउन्नेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाण्डौ बाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख १३३९ नं. को यात्रुबाहक बस पानी परेको कारण ब्रेक नलाली चिप्लिदा खाँदबारी बाट काठमान्डौ तर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाईस गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनाका कारण बसमा सवार १५ जना मध्ये ११ जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ । बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा छन् । गत असोजको बाढीपहिराले राजमार्गको यात्रा जोखिमपुर्ण छ । राजमार्ग पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।