लडेको पर्खालमा भुक्तानीका लागि दबाब

पाँचखाल, कोशिदेखा/पाँचखाल नगरपालिका वडा नम्वर १३ मा निर्माणाधिन सडकको वाल भत्कँदा पनि निर्माण सम्पन्न भएको कागजात तयार गरी भुत्तानीका लागि दबाब दिएको खुलासा भएको छ ।
नगरपालिकाको वडा नम्वर १३ स्थित कालिञ्जोरमा लगाएको बाल पुरै भत्किएको छ । भत्किएको वालको पुरा भुक्तानीका लागि नगरपालिकालाई दबाब दिईएको छ । त्यस्तै ज्यामिरे त्रिपाठीथोकमा लगाईएका वालहरु पनि चर्किएका छन् । उक्त क्षेत्रमा भत्किएका वालहरुको पनि भुक्तानीका लागि दबाब दिईएको छ । आगामी वर्षात तथा निरन्तरतको जोखिमलाई मध्यनजर राखेर नागरिकहरुको घरको सुरक्षाका लागि निर्माण गरिएका वालाहरु वर्षात शुरु नहुँदै भत्किए पछि त्यसको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको स्थानीयले बताए ।

उपभोक्ता समिति गठनमा पारदर्शी नभएको, वडा अध्यक्षले मनलाग्दी र ब्यक्तिगत रुपमा नजिक भएका ब्यक्तिहरुलाई समितिमा राखेर काम गराएको, वडा भरीका सबै सडक तथा वालहरुको ठेक्का एकै ब्यक्तिलाई दिने गरेका कारण गुणस्तरमा समेत प्रश्न उठेको स्थानीयले बताए । वडा र नगरपालिकाको तर्फबाट उक्त क्षेत्र मध्ये कालिञ्जोरमा ७ लाख र थपलिया टोलमा ८ लाख रकममा उक्त कार्य भएको थियो भने ज्यमिरेमा निर्माण गरिएको करिव १० लाख रुपैयाको वाल पनि चर्किएको छ । सुरक्षाका लागि बनाईएका वालहरुले फेरी असुरक्षा बढाएको स्थानीयहरुले बताए ।