बेपत्ता छानबिन आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ /बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरी १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

आवेदन फाराम भरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालय वा मा पेस गर्न अनुरोध गरिएको छ ।