चम चम चम्किरहेको म

द्वन्द्वात्मक क्रिया चलिरहेको
भावनात्मक मनमा मेरो
आक्रामक दुर्वाशा बनिरहेको छ
सर्वोपरि आफै ठानी
सर्वज्ञ हुँ भन्ने लागिरहेको
एकात्मक सोचाईले मेरो
राणा शासन भन्दा बढी
अराजकताको सिमा नाघिरहेको छ
जंग बहादुर हुँ भने पनि
मष्तिष्कले मेरो
रचनात्मक काम गरिरहेको छैन
अग्रगामी हुनुपर्ने अवधारणालाई
दुरगामी असर परिरहेको छ
नाजायजलाई जायज फाइदा भन्दै
कलात्मक रूपले ठगिरहेको छ
बुझ्ने र सोच्ने हैसियत कमि भइरहेको
यो समकालीन अवस्थामा
मुल्यांकन गर्ने कोही छैन मेरो
म बर्बादी तिर लम्किरहेको
एक खतरनाक खलनायक
सकरात्मक भन्दा बढी
नकरात्मक दिशा तिर
अग्रसर भइरहेको छु ।।
बनेपा – ७