स्थूल काया

घटाई बोसो शरीर आफ्नो छरितो पारौन,
दिनहुं गरी साधना योग निरोगी बनौंन,
शक्तिको स्रोत भएको चिल्लो गरिष्ठ भोजन,
सेवन गर्ने दिनहुं हामी घटाऔं चलन,
भोजन धेरै काम त थोरै श्रम त पुगेन,
हिँड्डुल् गर्न नभए गाडी पाइलै चलेन,
शरीर भयो विशाल त्यस्तो क्विंटल कम्तिमा,
हेरौं त जता के गाउँ अनि सहरी बस्तीमा,
दाउरा घाँस पँधेरो पानी गर्न त परेन,
भित्रै छ धारा ग्यांसको टंकी बाहिर गएन,
गौमाता पाल्न छाडियो अब प्रिय भो कुकुर,
निश्क्रिय ज्यान आहार ठुलो बोलायौं सुगर,
त्यो पाँच किलो बोक्ननि यहाँ खेतालो खोजिने,
बारीमा काम गर्नुको साटो बजारै रोजिने,
भोजन बढी काम त कम ज्यान यो मोटायो,
के युवा अनि के वृद्ध वृद्धा आलश्य बढायो,
अथुल्ले ज्यान मुस्किल छनि हिँड्डुल गर्ननि,
दोब्बरै वस्त्र चाहिने भयो शरीर ढाक्न नि,
हिँडाइ हेर्दा लाग्दछ होकी त्यो हासं हिंडेको,
पेटका लाम्टा अशोभा लाग्ने चाल छ गुडेको,
भ्यागुते पेट कुवा झैं नाभि गहिरो देखिन्छ,
गजेन्द्र कट्टी विशाल काया घर घरमै भेटिन्छ,
बस्दानि ऐया उठ्दानि ऐया ज्यानै पो भारी भो,
पेटी वा साडी नअड्ने स्थुल कम्मर हुन गो,
दुःखको घर शरीर आफ्नै रोगको कारण,
आपत आए मुस्किल पर्ने भाग्न र दौडन,
घटाऔँ ज्यान बढाऔँ श्रम व्यायाम रोजौँन,
समस्या हट्छ दैनिक गर्दा हलुका भोजन,
बढाऔं हरियो साग र सव्जी चिल्लो त घटाऔं,
सक्रिय आफु बनेर सँधै आरोग्य कमाऔँ,
घटाई ज्यान छरितो बनी आरोग्य कमाऔँ,
जीवन ऊर्जा गरेर ध्यान आरोग्य कमाऔँ।
बनेपा,बुडोल