दुर्गा प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ / भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइँदै छ ।

उनलाई झापाको भद्रपुरस्थित बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याउन लागिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईंलाई आज बिहानै काँकडभिट्टा नाकाबाट नेपाल ल्याई हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको हो ।उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।