अंकुर प्रि स्कुल बनेपाको परिक्षाफल प्रकाशन

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ बुडोलमा सरस्वती पूजाका दिन शुभारम्भ गरिएको अंकुर प्रि स्कुलका विद्यार्थीहरुको परिक्षाफल प्रकाशनसँगै विशेष कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भेषराज शाहको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एसपी बसुन्धरा खड्काले बालबालिकाहरुलाई संस्कार, संस्कृति र ब्यवहारिक ज्ञान उपलब्ध गराउन अनुरोध गरिन् । बालबालिकाहरुलाई सिकाईएका हरेक विषयले भविश्यसम्म प्रभाव पार्ने भएकाले उनिहरुलाई दिने संस्कार र शिक्षा प्रभावकारी र ब्यवहारीक हुनु पर्ने एसपी खड्काले बताईन् ।
कार्यक्रममा शिक्षासेवी प्राध्यापक भोला केसी लगायतले विद्यालयले प्रदान गर्ने सिकाई र ब्यवहारीक ज्ञान बालबालिकाहरुका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विद्यालय इन्चार्ज अम्बिका ढकालले छोटो अवधीमा बालबालिकाहरुलाई सिकाउनु पर्ने थुप्रै विषयहरु मध्ये महत्वपूर्ण विषयमा ध्यान दिएको बताउँदै आगामी शैक्षिक सत्रबाट थप कार्यक्रमहरु अघि बढाईने बताईन् ।
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावकहरु तथा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु तथा संचालक सदस्यहरुको सहभागिता रहेको थियो ।



