डिस्कभरी मन्टेश्वरीको ९ औं दिक्षान्त समारोह

बनेपा/डिस्कभरी मन्टेश्वरीको ९ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष गणेश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी र योजना कार्यान्वयनले मुर्त रुप लिदै गएको बताए । कक्षा ८ को नगर स्तरीय परीक्षामा अघिल्लो शैक्षिक सत्रमा ३० प्रतिशत मात्रै उर्तिण भएकोमा यो वर्ष ७० प्रतिशत विद्यार्थी उर्तिण भएको बताउँदै नगर प्रमुख शाक्यले बनेपामा भएको सामुदायिक र संस्थागत सबै विद्यालयमा शैक्षिक गुणस्तर उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, अभिभावक यशोदा आचार्य र रेश्मी लामा, विद्यार्थी विजेश विष्ट लगायतले डिस्कभरी मन्टेश्वरीले प्रदान गरेको शिक्षा गुणस्तरीय र बालमैत्री रहेको बताएका थिए । संस्थाका संचालक समिति सचिव शुशिल थापाले डिस्कभरी मन्टेश्वरीले प्रदान गर्ने शिक्षालाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेको बताए ।

विद्यालय को–अर्डिनेटर गिता थापाले ११ वर्ष देखि निरन्तर मन्टेश्वरी विद्यीबाट बालबालिकाहरुलाई पोषण सहितको संस्कार, ब्यवहार र गुणस्तरीय शिक्षा प्रदान गरिएको बताईन् । डिस्कभरी मन्टेश्वरीमा १ सय ३५ जना अध्ययन गरिरहेका छन् । युकेजीमा अध्ययन गर्ने १६ जना विद्यार्थीहरु दिक्षित गरिएको थियो ।