नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

तस्बिर : एजेन्सी
काठमाण्डौ / नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएकोे हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोश्रो खेलमा ललितपुरले बुटवललाई २–० गोलले हराएको हो ।
ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले एक–एक गोल गरे । यो जीतसँगै ललितपुर पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा बुटवल लुम्बिनी एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।
यस्तै हिजै भएको पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका छन् । झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गरे ।
बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।