३० वर्ष पछि फरार हत्यारा पक्राउ

बनेपा/२०५० साल बैशाख १६ गते कर्तब्य ज्यान मुद्दामा संलग्न भई २०७६ साल माघ २८ गते जन्म कैद सुनाईएका चौरीदेउराली गाउँपालिकाका ५७ बर्षिय पुरुष पक्राउ परेका छन् । हत्याको ३० वर्ष पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साविक नाग्रेगगर्चे गाविस ९ घर भई हाल चौरीदेउराली गाउँपालिका वडा नम्वर २ दुती बस्ने दानबहादुर प्रधानलाई प्रहरीले २०८१ चैत्र ३१ गते दिउसो धुलिखेल नगरपालिका वडा नम्वर ७ बाट पक्राउ गरेको हो । २०५० साल बैशाख १६ गते साँझ ७ बजेको समयमा नाग्रेगगर्चे ९ घर भएका उत्तरबहादुर प्रधानलाई चक्कु प्रहार गरी कर्तब्य सहित हत्या गरी फरार हुँदै आएका थिए ।