उद्यमशीलता कि ब्यवहारिकताः नेपालको सन्दर्भ

अहिलेको जनसांख्यिक बनोटले नेपाल युवा जनशक्तिको बाहुल्यता भएको देश भन्ने बुझिन्छ। तर हाम्रो साधन स्रोत सोचेजति सदुपयोगमा ल्याउन सकेका छैनौँ। युवाहरु उत्पादनसँग जोडिन सकिरहेका छैनन्। विभिन्न कारणहरूले गर्दा युवाले अपेक्षित सफलता हासिल गर्न सकिरहेका छैनौं।
उद्यमशीलता र नवप्रवर्तनमा हुने शुन्य बहस
अमेरिकामा युवाहरुको दुरदर्शिताले गर्दा आज हामीले फेसबुक, गुगल, अमाजोन जस्ता विश्व हल्लाउने परिवर्तन पायौँ। उनीहरुको नविनतम सोच र संकल्प बिना आज विश्व प्रबिधिमा यत्रो फट्को मार्न सक्दैन थियो। युवाले सधै समय भन्दा अगि सोच्ने भएकाले नै उनीहरु युवा भएका होलान् तर नेपालको युवाहरुमा उद्धमशीलतामा र नवप्रवर्तनमा कमै बहस भएको सुनिन्छ। कुनै चिया पसलमा बस्नुस् प्राय युवा नेतालाई गालि गरिरहेका हुन्छन कि त विदेशीने कुरा गरिरहेका हुन्छन। यसमा युवाको मात्रै दोष हो म भन्दिन। कुनै पनि विद्यार्थीको विद्यार्थी कालको मनोवैज्ञानिक आयामलाई नियाल्ने हो भने उनिहरुलाई चिन्ता र चासो परिक्षा र छुट्टिको मात्रै हुने गर्दछ। जब उनिहरु स्नातक९ दबअजभयिचक० तहमा हुन्छन् उनिहरुलाई करियरको चिन्ता सुरु हुन्छ र पढाई गर्दागर्दै अथवा पढाई पश्चात जागिरको खोजीमा जुट्छन्। आपनो परिवारको आर्थिक जटिलता र ब्यक्तिगत खर्च धान्नैको निम्ति पनि रोजगारीको विकल्प उनिहरुसँग हुदैन। बिस्तारै उमेर ढल्दै गएपछि ब्यवहारिक र पारिवारिक ब्यबस्थापनबाट कसैले फुर्सद निकाल्न सक्दैन अनि भन्नुस युवाहरुले अहिले परिस्थितिमा उद्धमशीलतामा र नवप्रवर्तनको उत्थानमा उल्लेखनिय भुमिका कसरि निभाउन सक्छन्। फेरि नेपाल छाडेर जाने युवा पनि नयाँ सिप र उद्धमशीलता र नवप्रवर्तनमा प्रविधिसँग कमै जोडिन सकेका छन् किनभने त्याहाँ पनि उहिँ ब्यवहार र आर्थिक व्यवस्थापनको चिन्ता। घरमा थोरै पैसा पठाउन सकियो र आपनो कलेज लगायतको बस्ने खाने खर्च जुटाउनमा नै विदेशिएका युवाहरुको जिवन समर्पित हुन्छ।
अनि भन्नुस उद्धमशीलतामा र नवप्रवर्तनमा नेपाल कसरि अघि बढ्नेछ।
कुनै पनि सम्पन्न मुलुकमा युवाहरुसँग थोरै फुर्सद हुन्छ तर धेरै काम हुन्छ तर नेपालमा भने काम कम फुर्सद बढि हुने गर्दछ। अर्थशास्त्रमा यसलाई असक्षमता (inefficiency) भन्ने गरिन्छ। यसको अर्थ बजारले आफ्नो साधन स्रोतको उच्चतम प्रयोग नगरेको बुझिन्छ जसले गर्दा मुलुकले अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकेको जनाउँछ । यसको समाधान भने हामीले जादुको छडी चलाएको ल्याउने परिवर्तन हुनेवाला छैन।
यसको सुधारका लागि हाम्रो जरादेखि सोचमा अनि ब्यवहारमा परिवर्तन अपरिहार्य छ। यो परिवर्तनको कदम सानो पाइलादेखि सुरु गर्नुपर्ने हुन्छ।
कुनै विद्यार्थीले स्कुलमा कुनै विज्ञानको प्रदर्शनमा उत्कृष्ट प्रस्तुति दिन्छ तर सो आविष्कारलाई अथवा उसले बुझेका नयाँ कुरालाई थप अनुसन्धानमा अथवा प्रयोगात्मक उपयोगमा कसरी लेराउने कसैले सोच्दैन अथवा सो चिन्तन विद्यार्थीमा विकास गराएर अघि बढ्ने वातावरण हामिले कहिल्यै बनाउन सकेनौँ। कारण एउटा मात्रै हो त्यो हो ग्रेड। कुनै पनि विद्यार्थीको मनोवैज्ञानिक चेतना विकास गराउने समय बाल्यकाल हो र त्यो समयमा उनीहरुलाई नवप्रवर्तन र आविष्कार जस्ता बिषयमा केन्द्रीत गराउन सकेमा उनिहरुको भबिष्य कस्तो हुनेथियो होला सोच्नुस् त। तर नेपालमा बच्चाले ए प्लस र ए लेराए भनेर अभिभावक दङ्ग परिरहेका हुन्छन्। तर यहिँ समयमा विदेशी विद्यार्थी भने नवप्रवर्तन र आविष्कार जस्ता बिषयमा शिशु पाइला चालिरहेका हुन्छन ।
उनिहरुलाई ग्रेडको चिन्ता हुदैन तर त्यो पढाईको ब्यवहारिक जिवनमा सदुपयोगताको बढि चिन्ता लिने गरिन्छ। नेपालमा भने यो विषय र त्यो विषयमा डिग्री गरेको छु तर त्यसबाट के नयाँ कुरा सिकेर जिवनमा उपयोग गरिरहेको छु कसैलाई थाहा छैन। अझ सुन्ने गरिन्छ चाइनामा सानै उमेरमा उद्धमशीलता र उद्योगघन्दा बारेमा सिकाइन्छ जसले गर्दा सानै उमेरमा उनिहरुको बहुआयामिक क्षमतामा बृद्धी विकास हुने गर्दछ। तर नेपालमा अझै पनि परिक्षामा उत्कृष्ट अंक लेराउनु नै सर्वश्रेष्ठ उपलब्धि हो जस्तो गरिन्छ। तर सो अंकबाट कतिको ब्यवहारिक ज्ञान विद्यार्थीले सिकिरहेको हुन्छन् भन्ने कुराको त अहिलेका नयाँ उत्पादित जनशक्ति हेरेर नै बुझ्न सकिन्छ। जति डिग्री पास गरेपनि कुनै क्षेत्रमा काम सुरु गर्नु अघि त्यहाँको कर्मचारी अथवा सहकर्मीसँग काम गर्बुने तरिका बुझ्नै पर्ने हुन्छ । त्यो कलेजमा लिएको सैद्धान्तिक र शैक्षिक ज्ञान कसरि प्रयोग गर्ने उसले बुझेको हुँदैन। यसरि हामी युवा जागिरमा लिप्त हुदै जान्छौ र नयाँ सोच उद्धमशीलता कल्पनामा सिमित भएर जान्छ । अनि सोहि जागिरवालाले सोहि स्थापित तरिकाबाट काम सुरु गर्छ र भविष्यका जागिरवाला उत्पादन गर्दै जान्छ। । अनि भन्नुस नेपालमा नवप्रवर्तन र उद्धमशीलता कसरि सुरु हुनेछ।