काभ्रेपलाञ्चोक जिल्लामा ३ सय ३१ वटा दुर्घटनामा ९५ जना मारिए, ओभरलोड बोकेका ५ सय ८७ वटा सवारी साधन कारवाहीमा


आर्थि वर्ष २०८०/२०८१ मा १ सय ८१ वटा सवारी दुर्घटना भए । जसमा सामान्य घाईते २ सय ५५ जना भए भने ८४ जना सख्त भए । ३३ जनाको निधन भएको थियो । चालु वर्षको ९ महिनामा ९४ वटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । जसमा २ महिला र १० पुरुष छन् । १ सय ३४ जना सामान्य र ५४ जना सख्त घाईते भएका छन् ।
ट्राफिक प्रहरीले नदीजन्य पदार्थ ओभरलोड बोकेर आएका ५ सय ८७ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसबाट ३३ महिनाको अवधीमा ६२ लाख ५६ हजार ९ सय ५० रुपैया राजश्व संकलन गरेको छ भने केहि पालिकाहरुले अलग्गै जरिवना असुलेका छन् । चालु वर्षको ९ महिनामा मात्रै ३५ लाख २२ हजार ५० रुपैया राजश्व ३ सय ८ वटा सवारी साधनबाट संकलन भएको छ ।

ओभरलोड बोकेका ५ सय ५५ वटा टिपर कारवाहीमा परेका छन् । ३ वटा ट्रक, १६ वटा मिनि ट्रक र १३ वटा स्काभेटर कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटना न्यूनिकरण गर्न विद्यार्थीहरुलाई सचेतना कार्यक्रम तथा सडकमा चालक र सह चालकहरुलाई प्रशिक्षण, आकस्मिक चेकजाँच लगायतका गतिविधिहरु गरिरहेको बताईन् ।