देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।कांग्रेसले आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरि बैठक बोलाएको हो ।

बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको उनले बताए ।

सरकार परिवर्तनको चर्चाकाबिच बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोका साथ हेरिएको छ ।