राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् ।
बुधवार उनले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपतिले आह्वान गरेको यो अधिवेशन बजेट अधिवेशन हो ।
