नेपाली राजनीतिमा गठबन्धनको राम्रो अनुभव छैनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन्।
बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको उनको बुझाइ छ।
अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको बताए। उनले यस्तो परिस्थितीको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए।