रोशी गाउँपालिका– १० मा आगलागीबाट घाइते बालबालिकाको उद्दार

रोशी गाउँपालिका वडा नं. १० पाखाटोल स्थित कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा २ जना वालवालिका घाइते भएका छन् । आज (विहिबार) दिउसो आगलागी भएको हो । आगलागीमा परी रेग्मीकै ९ वर्षकी छोरी समिक्षा र छोरा वर्ष ६ का सक्षमको शरीरको विभिन्न भाग जलेको छ ।

घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि किर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

कुमार रेग्मी मगरको घरमा बाबु, आमा बारीमा काम गर्दै गरेको अवस्थामा बच्चाहरुले घरमा आगो बाली ताप्ने क्रममा एक्कासी घरमा आगो सल्कन गई आगलागी भएको थियो ।