एसपी बसुन्धरा खड्काको सरुवा, काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी कोमल शाहलाई

जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपी सरुवा सुची सार्वजनिक गरेको छ । जसअनुसार एसपी खड्का बागमती प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा हेटौंडामा सरुवा भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी भने कोमल शाहले प्राप्त गरेका छन् । शाह यसअघि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्सालमा कार्यरत थिए ।