शिक्षक र सरकारबीच ९ बुँदे सहमति

मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए।
वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए ।
सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।