चितुवाले वनमा चरिरहेका एकै बगालका सात वटा बाख्रा मार्‍यो

कालीकोटको विभिन्न क्षेत्रमा चितुवा बाघ फैलिएको छ । शुक्रबार राति कालीकोटको पलाँता गाउँपालिका–८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका सात वटा बाख्रा मारेको छ ।

शुक्रबार दिउँसो चराउन लगाइएका बाख्रा घरमा नआए पनि खोज्न जाँदा हिउँटाला हिउँचुली सामुदायिक वनमा नाइवाडाका करबहादुर बमका सात बाख्रा एकै क्षेत्रमा मारेको अवस्थामा भेटिएका हुन् । जिल्ला वन कार्यालय कालीकोटका फरेस्टी टक्कबहादुर बमले वनको नजिकै यताउता तिर सात बाख्रा मारेको अवस्थामा आफूले भेटेको बताए ।

कालीकोटका प्रायः वन क्षेत्रमा अहिले पाटेबाघ भेटिएको छ । अहिले सडकमा पनि बाघ दौडिन थालेका छन् । यसले किसानलाई चिन्तित बनाएको छ ।