रसुवाको गोसाइँकुण्डबाट साढे सात किलो सुन सहित एकजना पक्राउ

रसुवाको गोसाइँकुण्डबाट गाउँपालिका–२ मा साढे ७ किलो सुन बरामद भएको छ भने एक जना पक्राउ परेका छन्।

केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे ७ किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिए।

उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि रसुवाकै हुन्।
गोसाइँकुण्ड गाउँपालिका वडा नं २ बाट सुन बरामद गरेको हो। घटनास्थलबाट प्रहरी टोली सदरमुकामतर्फ फर्किँदैछ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।