बालेनले तोकेको जिम्मेवारी ३ वडाध्यक्षले गरे अस्वीकार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तोकेको जिम्मेवारी लिन वडाध्यक्षहरुले अस्वीकार गरेका छन्।

आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्।

जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन्।

वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले कार्यपालिकाबाट अनुमोदन भएर आएमा भने सोच्न सकिने बताए।

त्यस्तै विधायन समितिको जिम्मेवारी पाएकी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठसँग भने सम्पर्क हुन नसकेको भण्डारीले बताए।

मेयर शाहले जेठ १ गते आफ्नो कदमको आलोचना गरेका वडाध्यक्षहरुको जिम्मेवारी खोसेर नयाँ वडाध्यक्षहरुलाई जिम्मेवारी तोकेका थिए।