बनेपा जनागालमा देशकै ठुलो ड्राइभिङ स्कुल सञ्चालनमा, शुभारम्भको अवसरमा ५० प्रतिशत छुट

बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा देशकै ठुलो चण्डेश्वरी ड्राइभिङ स्कुल सञ्चालनमा आएको छ । राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको ड्राइभिङ स्कुल देशकै ठुलो र सुविधासम्पन्न रहेको सञ्चालकको दाबी छ । २६ रोपनी क्षेत्रफलमा करिव ६ करोड लगानीमा ड्राइभिङ स्कुल निर्माण गरिएको सञ्चालक उमेश गौतमले जानकारी दिए ।

दक्ष प्रशिक्षकद्धारा मोटरसाइकल, बस, कार लगायतका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन चलाउन प्रशिक्षण दिइने गौतमले बताए । ट्राफिक नियमबारे जानकारी नहुँदा सडक दुर्घटना भइरहेको भन्दै गौतमले सडक अनुशासनलाई प्राथमिकतामा राखेर प्रशिक्षार्थीलाई सिकाउने बताएका छन् ।

ड्राइभिङ स्कुलमा प्रतिक्षालय लगायतका संरचना पनि निर्माण गरिएको छ । सुभारम्भको अवसरमा प्रशिक्षार्थीलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।