मोहन बस्नेतको गर्जनः माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ, म आफैँ ठिक पार्छु

भ्रष्टाचार मुद्दामा मुछिएका निलम्बित सांसद एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले माओवादी कार्यकर्ताहरूलाई आफैँ अघि बढेर ठिक पार्ने बताएका छन् । सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बस्नेतले माओवादी कार्यकर्ताहरूलाई गाली गर्दै भने ‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीलाई म आफैँ अघि बढेर ठिक पार्छु’।

नले माओवादी, एमाले र ती दलका जिल्लाका नेताविरुद्ध आगो ओकलेका छन् ।

झण्डै एक घण्टा बोलेका बस्नेतले आफूविरुद्ध अख्तियारले हालेको मुद्दाबारे भने केही बोलेनन् । अन्य वक्ताहरूले भने उनको बचाउमा बोलेका थिए ।

भ्रष्टाचार मुद्दामा मुछिएपछि सांसदबाट निलम्बित कांग्रेस नेता मोहनबहादुर बस्नेत आज तामझामसहित सिन्धुपाल्चोक पुगेका थिए। मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका पुगेका हुन् ।

गाउँपालिकाको चेतावनीविपरीत बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका छन् ।

टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दामा मुछिएका बस्नेतलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत–जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए ।

झण्डै एक घण्टा बोलेका बस्नेतले आफूविरुद्ध अख्तियारले हालेको मुद्दाबारे भने केही बोलेनन् । अन्य वक्ताहरूले भने उनको बचाउमा बोलेका थिए । उनले बढीजसो माओवादी र १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद माधव सापकोटाको आलोचनामा बढी समय खर्चिए । बस्नेतले यो पटक सासंद सापकोटालाई ‘लाहुरे’ उपमा दिन भ्याए ।
लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विज्ञप्ति लक्षित गर्दै बस्नेतले सुवोध भन्ने लाहुरेले विज्ञप्ति निकाल्न लगाएको आशंका गरेका छन् । क्षेत्र नम्बर १ र कुनै स्थानीय तहमा अब माओवादीले नजित्ने बस्नेतको ठोकुवा छ ।