ओली–देउवा भेट स्थगित, मन्त्रिपरिषद् बैठक पनि अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ हुने भनिएको भेट स्थगित भएको छ। ओली(देउवाबीच साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो।
प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित भएको छ। अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने कुनै जानकारी प्राप्त नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए।
मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ।