बनेपाको शीर मेमोरियल अस्पताल ६५ औं वर्षमा, प्राथमिकतामा गुणस्तरीय सेवा

बनेपा÷काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाको पुरानो शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले स्थापनाको ६५ औ वर्षको बार्षिकोत्वस मनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टोर जी.गायेरस सहित अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको सहभागितामा उल्लासका साथ स्थापना दिवस मनाईएको छ ।
‘गर्वका साथ नेपाली जनताको लागि हेरचाह गर्ने सेवाको विरासतलाई निरन्तरता दिन्छौं’– अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टोर जी.गायेरसले भने–‘गुणस्तरीय सेवा हाम्रो प्राथमिकता हो ।’ अस्पतालले पछिल्लो समय सिटी स्क्यान सहितका नयाँ र प्रविधि सहितका गुणस्तरीय सेवाहरु उपलब्ध गराउँदै आएको छ । अस्पतालले इन्डोस्कपी,आँखा, हाडजोर्नी सम्बन्धी, २४ घण्टा इमरजेन्सी, रेडियोलोजी, अल्ट्रासाउन्ड, भेनस डोपलर, पिसाबसम्बन्धी, चर्मरोग, यौनरोग तथा दुर्बलता, बालरोग, आन्तरिक चिकित्सा, सामान्य तथा ल्याप्रोस्कोपी सर्जरी, नाक, कान, घाँटी (इएनटी), प्रसुति तथा स्त्रीरोग, फार्मेसी, सामुदायिक स्वास्थ्य, दन्त उपचार, फिजियोथेरापी, इन्डोक्राईनोलोजी, सघन उपचार, डिजिटल रेडियोग्राफी, कार्डियोलोजी, इकोकार्डियोग्राफी, कारोटिड डप्लर, क्लिनिकल ल्याब्रोटरी, एनेस्थेसिया लगायतका सेवाहरु अनुभवी डाक्टर तथा विशेषज्ञ डाक्टरहरू मार्फत उपलब्ध गराउँदै आएको छ ।

शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका कर्मचारीहरूको एउटै मिशनविरामीकेन्द्रित करुणादायी सेवा उपलब्ध गराउने रहेको अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताईन् ।शीर मेमोरियलएड्भेन्टिस्ट अस्पतालले विशिष्ट सेवाहरूको साथमा सबै विरामीहरुलाई आधारभूत आपतकालीन सेवाहरू समेत उपलब्ध गराउँदै आएको छ । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा ६५ भन्दा धेरै चिकित्सक तथा शल्य–चिकित्सकहरूको टोलीले एउटै लक्ष्यका साथ विरामीको सेवामा सक्रिय रहेको बताईएको छ । अन्तराष्ट्रिय मापदण्डको साथमा उच्चस्तरीय उपचार सेवाका लागि २४ सै घण्टा सेवा उपलब्ध गराएको सोहि अवसरमा जानकारी गराईएको छ ।
एउटा निश्चित भौगोलिक क्षेत्रमा सहायता गर्दै उक्त क्षेत्रमा परिवर्तन ल्याउने उदेश्यले ६५ वर्ष अघि बनेपामा एउटा कोठाबाट उक्त अस्पताल शुभारम्भ गरिएको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टोर जी.गायेरसले भने– ‘शिर मेमोरियल एड्भेन्टिस् अस्पताल मनमोहक प्राकृतिक सुन्दरता विपन्न रूपले गरीब भए तापनि न्यानो स्वागत गर्ने मानिसहरूको माझमा छ । संसारको गरीब देशहरूमध्येको एक नेपालका एक तिहाइ मानिसहरू गरीबीको रेखामुनि रहेका छन् । शिर रहेको ठाउँ बनेपा, नेपालका धेरै भेगहरूका मानिसहरूले स्वास्थ्य परामर्शको खर्च समेत तिर्न सक्दैनन्, जसको रकम प्रायः अमेरिकी १ डलर भन्दा तल हुने गर्छ ।यसैले हामीले बेग्लै तरिकाले काम गर्छौं । पैसा तिर्न नसकेकोमा शिरबाट कोही पनि फर्केर जानुपर्दैन । बाटो, विजुली, वा पर्याप्त स्वास्थ्य सुविधाको अभावमा रहेको मानिसहरू कैयौं माइल परबाट हिँडेर आउँछन् । कतिपयले परिवारका विरामी सदस्यहरूलाई पछाडि बोकेर ल्याउँछन् यो जानेर कि तिनीहरूको आर्थिक हैसियत नभएता पनि हामी तिनीहरूलाई स्वागत गर्नेछौं ।’
‘समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य र चाहना हो, अनि यो कुरा संसारभर रहेका उदारताका साथ सहायता गर्नुहुने दाताको सहयोगविना सम्भव हुन सक्दैन जसले हाम्रो समुदाय बाँच्न पाउनुपर्छ भन्ने विश्वास गर्नुहुन्छ’–अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टोर जी.गायेरसले भने–‘प्रत्येक वर्ष १ लाख २० हजार भन्दा धेरै विरामीहरुको उपचार गरिरहेको अस्पतालले २ हजार भन्दा धेरै आमाहरुलाई सुरक्षित रुपमा मातृत्व प्रदान गरेका छ । संसारका सबै कुनाहरूबाट चिकित्सकीय सहायता संस्था तथा निकायहरूका साथ साझेदारहरूले स्वयंसेवक चिकित्सकहरू उपलब्ध गराउँछन्, जसले समुदायको उपचार गर्न तथा चिकित्सकहरूलाई उत्तम चिकित्सकीय अभ्यास गर्न शिक्षा गर्न सहायता उपलब्ध गराउँछन् । तिनीहरू हाम्रो कोष संकलन गर्ने व्यक्तित्वहरू हुन् र शीर मेमोरियल अस्पताललाई आवश्यक पर्ने प्रशस्त दान तथा स्रोतहरू उपलब्ध गराउन मद्दत गर्छन् ।’ अस्पतालमा ३ सय भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् ।
अस्पतालको नेतृत्व टोलीमा उमेश यमन थापा मानव संशाधन व्यवस्थापक, जुनु मानन्धर एक्सेजुकेटिभ सेक्रेटरी र एच.आर. एसोसीएट, सूर्यप्रभा शाक्य भीपी फाइनान्स, डा.तारा जङ गुरुङ भीपी एकेडेमिक्स र भीपी अपरेसन्स, डा.एन्जेला बस्नेत भीपी मेडिकल अफेयर्स, डा. हेक्टोर जी. गायेरस प्रमुख कार्यकारी अधिकृत, पास्टर ए.एम.पुरी च्यापलिन, उमा थापा मगर भीपी नर्सिङ, सुन्दर थापा मगर चिफ एक्सेजुकेटिभ एड्भाईजरी टु द सि.ई.ओ. रहेका छन् ।


