गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठकले लामो समयदेखि रोकिँदै आएको गभर्नर नियुक्तिलाई टुंग्याउने छ।
आजै अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् विश्व पौडेल, राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
दुई प्रमुख सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा पौडेललाई नियुक्त गर्ने पूर्वसहमति रहेकाले उनी नै गभर्नर बन्ने प्रबल सम्भावना छ।






