छिमेकीको कुटपिटबाट ८२ बर्षिय ज्येष्ठ नागरिक घाईते
बनेपा/२०८२ जेठ ५ गते विहान ९.३० बजेको समयमा ८२ बर्षिय कृष्णप्रसाद घिमिरे र उनको बुहारी ३१ बर्षिय गिता घिमिरेलाई छिमेकीको साँधमा मकै उखेलेको नाममा कुटपिट गरिएको छ । तर उनिहरुले आफ्नै जमिन भित्रको मात्रै मकै उखेलेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय बनेपामा बनेपा नगरपालिका वडा नम्वर २ का ईश्वर घिमिरेले निवेदन दिएका छन् । उनका बाबु ८२ बर्षिय कृष्णप्रसाद घिमिरेलाई छिमेकी ६९ बर्षिय शिवप्रसाद घिमिरे, ४३ बर्षिय नवराज घिमिरे र ६५ बर्षिया गोमा घिमिरेले कुटपिट गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
कुटपिटबाट ८२ बर्षिय कृष्णप्रसाद घिमिरे घाईते भएका थिए । उनको बनेपामा उपचार भईरहेको परिवारले जानकारी दिएको छ । उनका आफन्तले घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै जाहेरी दिएका हुन् । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।






