पाठ पठन

 

डगमगाउन खोज्छन्
ईमान्दारिता ,
तर अडेस लगाएर उभिन्छन् ।
सत्यलाई ,
अन्धकारले छोप्न आउँदछन्
तर सु्र्यको तापले भगाई दिन्छ ।
जोश जाँगर ,
घटाउन प्रपन्छ रच्छ
तर नयाँ उर्जाले झन बढाउँछन् ।
मु्र्खहरु ,
तर्साएर ससक्त बन्न रुचाउँछन्
तर ज्ञानीले बिस्तारै लत्याई दिन्छ ।
बोलक्करहरु ,
जोड्ले कराएर राज गर्न ठान्दछन्
तर सज्जनले सोचेर सम्झेर काम गर्न जान्छ ।
दुष्टहरु ,
आज रमाएर बाँच्न खोज्दछन्
तर भोलि पश्चातको रापले पोल्नेछन् ।।

बनेपा – ७