हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ खुल्यो

हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ पूर्णरुपमा खुलेको छ । हिजो बेलुकादेखि अवरुद्ध सडक आज बिहान नौ बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गाडी आवतजावतमा सहज भएको छ ।